एउटा घरको दियाघरमा दियो
धिपधिप गर्दै जलिरहेको छ
सन्ध्याको प्रतिक,
सूचक बनेर
अविछन्नरुपमा जलिरहेको छ
ऊ आफैंलाई निरन्तर जलाई रहेको छ
के थाहा देख्नेलाई बाहिरी आवरणबाट
उसको त्यो जलाइमा
कति महानता र अनुपमता छ
त्यो उसैलाई थाहा छ
त्यसैले ऊ एकनासले जलिरहेको छ
ऊ चाहन्छ
दुईचार जोडी सलेदोको साथ
अरु वर्तन थपेर जल्नलाई…
त्यसैल उसको चाहना छ
त्यो जलाई अन्तिम पटक होस्
उसको जलाइबाट शान्तिका किरणहरु
प्रसारित होस्
ऊ अझैं अन्तिम पटक जल्न तयार छ
त्यसैले त ऊ फेरी पनि
मसालसरी भएर
अन्तिम पटक जल्नथालेको छ
यो जलाइमा उसलाई
रत्तिभर पश्चाताप छैन
आफ्नो जलाइले ब्रामण्डलाई नै
सन्देश नौलो छर्दैछ
छरी बिज, उमार्न रुख, बिरुवा
जल्नै तयार हुनुपर्दछ
