साँच्चै मुग्लान पस्नु पर्ने बाध्यता कस्तो कस्तो
साँच्चै नेपाल त्याग्नु पर्ने बाध्यता कस्तो कस्तो।।१।।
हुन्छ भन्थे परिवर्तन दिन्छु भन्थे रोजगार पनि
साँच्चै विदेश म बस्नु पर्ने बाध्यता कस्तो कस्तो।।२।।
गर्छन् कुरा जनसत्ताको आँटेको छु भन्छन् कत्ति
साँच्चै साहु जि डाक्नु पर्ने बाध्यता कस्तो कस्तो।।३।।
