Skip to content

विश्वाश घाती यो संसारमा


विश्वाश घाती यो संसारमा
तिम्रो माया पाउन सकिन
तिमीलाई छाडि अरुसँग
मैले माया लाउन सकिन

तिमीले मलाई छाडि गयौ
तर मैले तिमिलाई छाड्न सकिन
तिमी प्रतिको चोखो माया
मैले अरुसँग बाँड्न सकिन
कती चोखो मेरो प्रेम
तर तिमीले चिन्न सकिनौ
माया लिई माया तिमीले दिन सकिनौ
फराकिलो मेरो दिलको बाटो
हात समाई हिँड्न सकिनौ
माया लिई माया तिमीले दिन सकिनौ

दिलोज्यान नै सुम्पे तिमीलाई
तर तिमीले लिन सकिनौ
निर्दोष मेरो चोखो प्रेम
आज तिमीले चिन्न सकिनौ
तिम्रो सपनिको राजाकुमार
जस्तो म हुन सकिन
तिम्रो लागि आकाशको
जुन मैले छुन सकिन
तिमी धेरै रोयौ तर
तिमी सँगै बसी रुन सकिन
त्यसैले त आज म तिम्रो हुन सकिन
तिम्रो लागि आकाशको जुन छुन सकिन,
छुन सकिन !!

मेरो सुखमा तिमी हाँस्नु तिम्रो दु:खमा म रुनेछु
केही समयको लागि तिमीबाट टाढा भएपनी,
केबल सम्झनु मलाई भित्री मनले म तिम्रै साथमा हुनेछु
धेरै निराश नहुनु तिमी मबाट टाढा रहनु परेपनी,
न आत्तिनु जिन्दगीको यात्रामा केही दु:ख कष्ट सहनु परेपनि
दु:ख पछी सुख आउछ नभुल्नु है कहिल्यै पनि
दु:ख हो होस या सुख सम्झनु मलाई जहिले पनि,
सम्झनु मलाई जहिले पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *