Skip to content

क्षणिक विश्वाश


लाएर माया छुटाउदै हिड्यौ
दिएर जोवान लुटाउदै हिड्यौ

धेरै को लियौ क्षणिक विश्वाश
अबैध नाता जुटाउदै हिड्यौ

एक पल राम्रो देख्दैमा तिमी
साचो र सत्य झुटाउदै हिड्यौ

सबैलाई आफ्नो सम्झने तिमी
जोडेर साईनो फुटाउदै हिड्यौ

थाहा नदिई तिम्रो अबिश्वास
दिएर आशा टुटाउदै हिड्यौ

लाएर माया छुटाउदै हिड्यौ
दिएर जोवान लुटाउदै हिड्यौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *