Skip to content

जलाएको चितामा झैँ तिमीलाई


आखिर किन ?

जलाएको चितामा झैँ तिमीलाई, बेला–बेलामा घोच्नु परो
तिम्रो लागी धेरै मरी मेटेँ, आफ्नो लागी पनि त सोच्नु परो
त्यसैले गर्दा त मैले आज, तिमीलाई छोड्नु परो

डर भर कसैको भई, तिमी निश्चित अक्षमा थिईनौ
धेरैले सम्झाई–बुझाई गरे, तिमी मान्ने पक्षमा थिईनौ
म आएँ भेट्न कति पटक, तर तिमी आफ्नो कक्षमा थिईनौ

सबैले नियाल्न थाले तिमीलाई, अनि त मैले पनि हेरेँ
पटक पटक मैले तिमीलाई, नराम्रो बाटो हिँड्न छेकेँ
अचेल त तिमी साँच्चै बिग्रिछौ, आज त आफ्नै आँखाले देखेँ

पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *