Skip to content

सबले छुच्ची भन्छन् तिमीलाई


सबले छुच्ची भन्छन् तिमीलाई कराएरै हो कि ?
नजिक आउन मान्दैनन् कोही डराएरै हो कि ?

गुन्यु चोलो चुरा धागो टिका लगाई सजिईदा
कति अब्बल देखिन्छौं सबलाई हराएरै हो कि ?

पहिला पहिला ठिकै थियौं रे अहिले राम्री भा छौं,
आजकाल मैले तिमीलाई मन पराएरै हो कि ?

मलाई हेर्ने तिम्रो नजर हाउभाउ फरक भा’छ,
मुटु भित्र माया मेरो तिमीले भराएरै हो कि ?

मेरो मन नि बसमा छैन चन्चल चन्चल हुन्छ,
यो दर्पणलाई तिमीले पागल गराएरै हो कि ?…… दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *