Skip to content

यी आँखाका डिलहरू भिजाई भन्नै पर्यो


यी आँखाका डिलहरू भिजाई भन्नै पर्यो ।
तिम्रो जोडी सुखी होस् बधाई भन्नै पर्यो ।

उता राम्रो देखी सोधे जस्तो गरेपछि;
जाउ जाउ भनी यो मन दु:खाई भन्नै पर्यो ।

एकै छिनलाई रैछ हजुर चोखो माया भन्नु;
दुख्दा छाती आफैँलाई फकाई भन्नै पर्यो ।

सम्झी बाँच्न गारो हुँदा यो मनबाट हटाउन;
एक बेलाको आफ्नै मुटु पराई भन्नै पर्यो ।

न चाहिँदो चर्चा पहिले, दुनियाँले अहिले सोध्छ ;
मिल्ने साथि मात्रै थियौ उसलाई बचाई भन्नै पर्यो ।

हरि किशोर पौडेल
स्यांग्जा मल्यांग्कोट १ रमालीगाऊ
ज्यग्दी किनार
मोबाइल न: ९७२१४९१२२६, ९७४६०२०६२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *