गरीबको मात्रै िकन गाँस लुिटन्छ यहाँ
भत्काएर घर िकन बास लुटिन्छ यहाँ
झुत्रोझाम्रो भए पनि ढाकेकै छन् लाज
नङ्ग्याई तीनलाई कपास लुटिन्छ यहाँ
हात जोडी रोएर शोषकका पाऊ पर्दा
बाँच्ने अाधार एउटै श्वास लुटिन्छ यहाँ
निमुखाको अझै नि शोषण कहिलेसम्म
गाँस बास कपासको अास लुटिन्छ यहाँ
