Skip to content

मिलाएर आज चैं बक्सियोस है हजुर


खरदार साहब सुब्बा साहब हाकिम साहबहरू …
बिसाएर बिन्तीहरू चाकडीमा हजुर
नियम कानून मिलाएर बक्सियोस है हजुर
भेटी पनि राखेको छु खामभित्र हजुर
दण्डवत गर्दा गर्दा धनुष हुन आँटे
यसपाली चैं जसरी नै काम बनोस हजुर
बिहान आउछु साँझ जान्छु नित्य कर्म भयो
यो जिन्दगी त चाकडीमा भाँचिने पो भयो
भेटि पनि राखेको छु खाम भित्र हजुर
मिलाएर आज चैं बक्सियोस है हजुर
घर भित्र नचिन्ने भए नया बढ्ने हरूले
ओल्ला घरका पल्ला घरका छक्क पर्न थाले
यो टोलमा हिजो अस्ति मेरो घर ठुलो
भुँडी पनी मेरो ठुलो जुँगा मुठा थिए
अब अहिले घर ठुलो हजुर हरूको भयो
खरदार साहब सुब्बा साहब हाकिम साहबहरू ……
भेटि पनी राखेको छु खामभित्र हजुर
मिलाएर आज चैं बक्सियोस है हजुर
================

Leave a Reply

Your email address will not be published. Required fields are marked *