ठाउँ छैन रे तिम्रो दिलमा नअटेर झर्छु होला
त्यही पीडाले रन्थनिदै सायद म त मर्छु होला
माया गर्ने हजारौमा तिमीले एकलाई छान्नु पर्दा
छनौटको हुलमा हैन फालिनेमा पर्छु होला
त्यही पीडाले रन्थनिदै………………………….
विदाई गछ्यौ थाहा छ मलाई सानत्वनाको खादा ओढाई
तिमीले दिएको सद्भाव मान्दै अन्त कतै सर्छु होला
त्यही पीडाले रन्थनिदै………………………….
मन दुखाई, आत्मा जलाई दुनियाँ सामु बाँच्नुभन्दा
छिट्टै संसार छाडी अब स्वर्ग लोक तर्छु होला
त्यही पीडाले रन्थनिदै………………………….
छुट्टिएर जाने बेला दुःखी तिमी नहुनु ल ?
मैले रुदै आँशु झार्दै विलौना केही गर्छु होला
त्यही पीडाले रन्थनिदै………………………….
