Skip to content

गरिवीको चपेटामा परेको मान्छे म

गरिवीको चपेटामा परेको मान्छे म
हातमुख जोर्न संघर्ष गरेको मान्छे म

भाग्यलाइ दोष दिउँ कि बर्गीय समाजलाइ
ठूलाले सँधै आँखा तरेको मान्छे म

अरुको हली बनी भोक भोकै खेत जोत्दै
सामन्तको भकारी भरेको मान्छे म

तैपनि साझ बिहान छाक टार्न धौ धौ हुँदा
काम खोज्दै मधेस तिर झरेको मान्छे म

भोका नाङ्गा दु:खीको उज्यालो दिन ल्याउन
क्रान्ति गर्न सँधै अघि सरेको मान्छे म

Leave a Reply

Your email address will not be published. Required fields are marked *