ठुलो स्वरले बोल्ने हरूकै बोली हराउछ
हाम्रो थियो हिजोसम्म आज खोली हराउछ
के खान्छन् ती सपथ पनि देशको सेवक भन्नेहरू
शत्रुसामु पर्दा उस्को गोली हराउछ
मजदुरको मेहेनत दिन भरको कमाइ
जब हुन्छ साँझ उस्को त्यो झोली हराउछ
हेर्छ मात्र देख्दैन त्यो बैरो हुन्छ नसुन्ने झै
उस्कै सामु दिन दहाडै सडकमा चोली हराउछ
धेरै थिए हिजोसम्म भोलिका ती सपनाहरू
आज हुन्छ सपनाको त्यो भोलि हराउछ
