झिसमिसेमै दैलो आगन पोत्दै होलिन मेरी आमा
चुहिने घरमा कतै ओत खोज्दै होलिन मेरी आमा
फाट्यो होला चोली पनि जस्तै बुढो मन फाट्यो
सिउन एक दिन आउला छोरो सोच्दै होलिन मेरी आमा
सन्चो भो कि दमको व्यथा झनझन बढ्दै गा’छ अचेल
अगेनाको छेउमै बसी खोक्दै होलिन मेरी आमा
कहिले बेसी कहिले लेक उकाली र ओरालीमा
जसो तसो घाँस दाउरा बोक्दै होलिन मेरी आमा ।।।
