Skip to content


सोचेजस्तो हुन्न जीवन
सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जीवन

पीरहरु बटुलेर रोइरहुँ जस्तो लाग्छ
खुसीहरु समेटेर हाँसिरहुँ जस्तो लाग्छ
आँसु आँसु हुन्न जीवन
खुसी खुसी हुन्न जीवन
देख्यो जति उस्तै हुन्छ
रोजेजस्तो हुन्न जीवन

घाम ताप्न पर्खिबस्यो पानी उसै बर्सिदिन्छ
अँध्यारोमै रमुभन्दा उज्यालो पो चर्किदिन्छ
पानी पर्नु पनि जीवन
घाम ताप्नु पनि जीवन
एउटा रोज्यो अर्कै मिल्छ
खोजेजस्तो हुन्छ जीवन

शब्द – दिनेश अधिकारी
स्वर – तारादेवी
एल्बम – दुख सुख

Leave a Reply

Your email address will not be published. Required fields are marked *