Skip to content

तिमीले चाहेर के भो ?

के अर्थ त्यो फूलको, आखिर भैँमा झरे पछि
तिमीले चाहेर के भो, मेरो मन नै मरेपछि ।।

तिमीलाई माया थाहा थिएन, त्यसैले मायाको खेल खेल्यौ
सोझो भएर होला तिमीले, मलाई पेल्नसम्म पेल्यौ ।।
सहनै सकिन मैले पनि, तिमीले अतिनै गरेपछि
तिमीले चाहेर के भो, मेरो मन नै मरेपछि ।।

तिमीले पो माया लाउन सकिनौ, मैले त माया लाई सकेँ
तिमीले साथ छोडे पनि मैले, अर्कैको साथ पाई सकेँ ।।
के नै गर्न सक्छुर म त ? मन अर्कैले हरेपछि
तिमीले चाहेर के भो, मेरो मन नै मरेपछि ।।

के अर्थ त्यो फूलको, आखिर भैँमा झरे पछि
तिमीले चाहेर के भो, मेरो मन नै मरेपछि ।।

पुस्कल पौडेल (प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *