Skip to content

अब कहिल्यै भोग्नुनपरोस निरङ्कुसताका रातहरू


अब कहिल्यै भोग्नु नपरोस निरङ्कुशताका रातहरू
अब कहिल्यै खानु नपरोस सामन्तका लातहरू

अधिकारका निम्ति ज्यान गुम्यो दशौं हजारको
अब कहिल्यै देख्नु नपरोस् निर्दोष लासका खातहरू

फेरि सल्बलाउन थालिसके सामन्तका नाइकेहरू
अब कहिल्य्यै सुन्नु नपरोस् प्रतिगमनका बातहरू

जनतालाइ धोका दिए शासकहरूले पटक पटक
अब कहिल्यै सहनु नपरोस राजनीतिका अन्तरघातहरू

अहिंसाको बाटो तर्फ लम्कियोस् देश सधैं
अब कहिल्यै बढाउनु नपरोस् द्वन्द्वका हातहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *