यो पाँच लाख
मैले युद्धमा
एउटा हात
गुमाएको उपहार
मैले युद्धमा
एउटा खुट्टा
गुमाएको उपहार
मैले युद्धमा एउटा
आँखा गुमाएको उपहार
अर्थात्
मेरो रगत र पसिनाको प्रतिफल !
यो पाँच लाख
मेरो बाबाको जीवनको मूल्य
मेरी आमाको आँसुको मूल्य
मेरी पि्रयाको रगतको मूल्य
मेरो नाबालक छोरासँगको विछोडको मूल्य
अर्थात्
मैले दाहसंस्कार गरेको
सपनाको परिणाम !
यो सबै तिमी नै राख
र, मलाई आफ्नै घर फकाईदेऊ !
म
मलाई गुमाउन नसकेर
मृत्युवरण गरेकी
मेरी आमाको
हत्याको अपराधबोध गर्दै
बाँकी जीवन काट्नेछु
आखिर
सपना नै नरहेपछि
बाँकी के रहन्छ र !
होइन ?
नेपाल साप्ताहिक ४८८
