विहानीको झुल्के घामको झुल्का पर्दा आँगनीमा ।
हो कि पाइला सावित्रीको उनी सर्दा आँगनीमा ।
हेरी मुसुस्कै हाँसी उनी निउराउँछिन् मुन्टो लाजले
लिप पोत बडार–कुडाँर गदै गर्दा आँगनीमा ।
हेर्दा हेरदै उनको मुहार मदहोश भएछु म
कोरीबाटी सोह्रसिङगार गरी झर्दा आँगनीमा ।
कति सुशिल कति सभ्य घरधन्दा नि जानेकी
खुसी छु म आज उनी मेरै चर्दा आँगनीमा ।
उनीभन्दा पहिला म उनीबाट टाढा भएँ भने
चुरा फुटाई रुन्छिन् होली म नि मर्दा आँगनीमा ।
दर्पण
