Skip to content

साकुरा हाइकु

  • by
PrakashPoudelMaila-07


फुल्यो साकुरा
उमंगको खोलमा
युगल जोडी

भूइँ रंगिदै
साकुराको मौसम
खुला आकास

साकुरा हेर्दै
बतास मुस्कुरायो
जुन बिलायो

धुम्म आलोक
साकुराको गर्जन
प्रफुल्ल मन

साकुरा फुल्दा
तरंगित मनमा
आशाको त्यान्द्रो

प्रकाश पौडल “माइला”
योकोहामा, जापान
अप्रिल ५, २०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *