फूललाई मैले मन पराए थेँ, फूलले अन्तै मन दिएछ
सुनाउँदै थिइन् हाँस्दै आज, उनले अन्तै तन दिएछ
उसलाई हाँसो खुशी दिनु मेरो पनि चाहना थियो
उसले हाँस्दा म नि हाँसे त्यो त एउटा बहाना थियो
पापी नजर लाग्ला लाग्थ्यो तर कसैलाई यौवन दिएछ
सुनाउँदै थिइन् हाँस्दै आज, उनले अन्तै तन दिएछ
सोचिन होलि खुशी छ यो, उनीसँगै हाँस्दै छ भनी
के थाहा उनलाई मुटु जलाई मैले बाँच्दै छु भनी
मलाई सुन्य पारी अन्तै शुनौलो क्षण दिएछ
सुनाउँदै थिइन् हाँस्दै आज, उनले अन्तै तन दिएछ
फूललाई मैले मन पराए थेँ, फूलले अन्तै मन दिएछ
सुनाउँदै थिइन् हाँस्दै आज, उनले अन्तै तन दिएछ
राजेश रुम्बा लामा ‘अतृप्त’