संबिधानबाट पछाडि फर्किने ठाउँ छैन अब
यो वा त्यो बहानामा तर्किने ठाउँ छैन अब
होस नैं गुमेको छ शान्ति भाँड्न खोज्नेहरूको
षड्यन्त्रका छिटाहरू छर्किने ठाउँ छैन अब
जनतादेखि अदालत सम्म बढ्दो छ खबरदारी
संबिधान भन्दा दायाँ बायाँ मर्किने ठाउँ छैन अब
पटक पटक म्याद थप पटक पटक सरकार परिवर्तन
समय धेरै घर्किसक्यो पर्खिने ठाउँ छैन अब
संघियतामा जान नकमाऊ खुट्टाहरू
दर्होसँग टेके हुन्छ लर्किने ठाउँ छैन अब
