Skip to content

घना गृहै युद्ध, मुलुक भर नै बादल सरी,
अनिश्चित् प्राणै भो, अब शिव हरे ज्युनु कसरी –
भरै के गोलीको – पट पट कतैबाट उदर,
फुर्टाई, प्राणै यो, हरण सहजै गर्न सफल ।।
।।१।।

म एक्लो श्रोतै त्यो, बिकल घरको गासहरुको
सुराकी बिद्रोही पनि फगत मै लक्ष सबको ।।
तगारो सत्तैको ππ पनि दिन दिनै मै हुन गए“
मुटू नै भारी भो, छटपट ब्यथा नै बढि भए ।।
।।२।।

पिता माता बृद्धै, सकल अबुझै सन्ततिहरु,
जहानै मेरी ती, हर बखत सेवै गरि अरु,
सघाऊछिन् मै लाई, सकुशल रथै तान्न घरको,
भयो यात्रा गाह्रो, जिवन पथमा यो अबलको ।।
।।३।।

अघोरी आतङ्कै, सहन सजिलै मुश्किल हुदा
मुलुकै त्यागी त्यो, झटपट बिदेशी सरणमा
गएको देखेरै, दिन दिन चिनेका जति सब
गरें लौ निर्णय, गइ म पनि हालौं भनि अब ।।
।।४।।

छिचोली पर्वतै, नदि अनि समुन्द्रै र बन पनि
गति ली वायूको गगन भर नै गर्जन गरी ।।
घटा ती मेघैको पनि पल-पलै देख्न सकियो
अभागी पर्ूर्पूरो, सहजसित जोर्डन् पुगि गयो ।।
।।५।।

मिलाई जम्मा दर्जन जन थियौं जान फगत
”इराकै जाओ लौ” दिइकन कठै उर्दि सहज
कुदाए गाडीमा पथभर धुलो बुङ्ग उडिगो
अहो कस्तो रुक्खो – मन, पवन मृगै-मरिचिको
।।६।।

उजाडै भूमी त्यो, दुर दुर तकै बृक्ष न लता
न देखिन्छन् पंक्षी नभ भर न ता जन्तु फगत ।।
न पानी नै त्याँहा, सुदुर तक रेतै गरम त्यो ,
डढेलै लागी गो, मन भितर देखी नजर त्यो ।।
।।७।।

रबि ती गर्भैमा, दुर क्षितिजको सुस्त गतिले
बिलाए पोतेरै, अबनि सब लालै किरणले ππ
न भूमी आफ्नै त्यो, न त छन कुटुम्बै पनि कुनै,
मनै यो भन्दैथ्यो, ”अब मरण भो लौ अकरणै ππ”
।।८।।

नभन्दै आए ती, अमनुज हरुका दुतहरु
बनाए बन्दी नै, नबुझिकन हाम्रा मनहरु
भनेको ”अल्लाहा” शिवाय अरु केही नबुझिने
जबानै अप्ठ्यारो, सहजसित बोल्नै नसकिने ।।
।।९।।

सुनायौं खोलेरै, मन भितरका दुःख र पिरै
बुझायौं ज्यामी हौं, भनिकन मनैका बह सबै
चिनाई नक्सैमा मुलुक अति स्यानो भनिकन
बतायौं बुद्धैको जनमथलका हौं भनिकन
।।१०।।

पुकारा देशैको, निरिह सरकारै सित पनि
”बचाओ प्राणै लौ गरिकन अपीलै अब” भनी
”भरोसा त्यत्ती मै, अब फगत प्राणै, रहन को”
गरेथ्यौं टिभी मै, पटक पटकै लौ अरबको ।।
।।११।।

नहु“दा देशै त्यो, जगत भर नै खास सबल
नगर्दा रत्ती नै पनि जबरले खोज खबर
कठै यी प्राणैको, हबिगत हुने भो अब छिटै
बिदेशी भूमीमा, अब सिचन भो लौ रगत कै ।।
।।१२।।

लर्डाई बालूमा, नयन पनि छोपी फगत यी,
न बाहू नै खुल्ला, न त सकिनु चल्नै अलिकति
नबोल्नै पाईयो, मरण पलमा अन्तिम घडी
अहो कस्तो भाग्यै, कति कठिन त्यो जिवन गति ।।
।।१३।।

छुरा ती धारीला, झटपट लिई रेट्न अब त
बसे ती ”अल्लाहै” लिइकन कठै नाम फगत
भिजायो बालू त्यो, रगत जमिनैमा बगि दिदा
सकियो चोला त्यो, अनि सुरु भयो यात्रा नबिन ।।
।।१४।।

पुगी देबै लोक्मा, सहज सित भेटै गरिकन
सोधुँला अल्लाहैसित ”किन कठै मानविपन -”
”हरायो धर्तीमा – अब अरु कतिन्जेल तक -” भनी ।
गरुँला प्रार्थानै, ”मनुज सबको हृदय, भरी”
।।१५।।

”दया माया मात्रै, सकल भरि देऊ अब अनि,
नदेऊ रत्ती नै, फिजिन असहिष्णुपन पनि ।
फुलाऊ धर्ती त्यो सबजन रहुन् हषिर्त भई
कसैको मेरो झैं, मरण अब नहोस् लौ अनहकै”
।।१६।।

२००४।०९।१५।
साप्पोरो, जापान ।।
(इराकमा अनाहकमा प्राण गुमाएका निर्दोष नेपालीहरुको आत्माको चीर शान्तिको कामना गर्दै यी शब्द सुमन सश्रद्धा अर्पण गर्दछु । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *