पाच दशकभन्दा बढी लामो समयावधिमा उहााले रचेका बाल कविता गीति पुस्तकहरू र प्रेमकथा व्यथाका कवितासङ्ग्रह झसुकाः -ने.सं. १०७७), लिसं -ने.सं. १०८० को श्रेष्ठ सिरपादः पुरस्कार प्राप्त कवितासङ्ग्रह), पीजा, -ने.सं. १०८९), सर्गः सिबै धर्ती नमिग्वाः -नै.सं. १०८८), लु बु वह बु -ने.सं. १०९०), जि स्वयम्भू न्वाथाः
-ने.सं. ११०६) लगायत अन्य अनूदित काव्यकृतिहरूसमेत दर्जनौा प्रकाशित भइसकेका छन् ।
उहााको लिसं कवितासङ्ग्रहमा विविध विषयवस्तु समेटिएका छन् । प्राचीन ऐतिहासिक गौरव गरिमामय देन भएको आˆनो मातृभाषा, नेपालभाषा र त्यसका वाङ्मय-साहित्य वि.सं. २०१९-२०२० को दशकतिर र त्यसपछिका सरकारले अपनाएको अनुदार भाषानीति र व्यवहारबाट थिचोमिचो गर्न लागेको कदमविरुद्ध त्यस समयताकाका युवा शिक्षित भाषाप्रेमी र साहित्यकारहरूले सङ्गठित हुादै सशक्त आवाज उठाइरहे । त्यसबेलाको जनआवाज र सङ्घर्षको प्रतिनिधि काव्य उद्गार उहाको गीत, कविता सिर्जना भएर गुञ्जित भएका थिए । त्यस्ता रचना सर्गः सिबें धर्ती नमिग्वाः पुस्तकमा परेका छन् । त्यसका केही पङ्क्तिहरू-
यो युग रोयो, यो हावा रोयो
यो माटो रोयो, हृदय रोयो
यो मौनमा विहृवल भई
रुादै मलाई श्राप दिन लाग्यो ।
त्यो डढेको आकाशमा हेर
हृदय मेरो कति जलिरहेछ ।
आवाज मुखबाट निस्कन नपाई आाखामा हेर
सबै विस्तारै डढिरहेछ Û
मेरो नसानसामा आई आज
देश विहृवल भई रोइरहेछ ।
झन् मलाई जगाउनलाई चारैतिर हेर
रातो फूल ढकमक्क फुलिरहेछन् ।
यस्ता गीति काव्य स्रष्टा, नेपाली बन्धुका हितैषी, सहृदय देशप्रेमी कवि दुर्गालाल श्रेष्ठले राष्ट्रभाषा नेपालीमा पनि भावपूर्ण गीति कविताहरू समयसमयमा रचेर पत्रिकामा प्रकाशित गराइरहेका छन् । जनमत प्रकाशन, बनेपाबाट वि.सं. २०५७ मा प्रकाशित उहााका दुई नेपाली कवितासङ्ग्रहरूमध्ये एक, ‘फूल तिम्रै बारीको’ बारेमा मेरो मनमा लागेका केही कुरा यहाा लेख्ने प्रयत्न गर्दछु । चितवन जङ्गल लजले हरेक साल वर्षको एक पटक आयोजना गर्ने साहित्य वन महोत्सवजस्तो प्रेरणादायक र रमाइलो भेलामा आमन्त्रित भई सहभागी हुनुभएका कवि दुर्गालाल श्रेष्ठले करिब ४५ दिन भित्रैका विभिन्न मितिमा -एकदिनमा बढीमा ४ वटासम्म) गीति मुक्तक रचेर जम्माजम्मी ६८ वटा गहकिला स्वतः स्फूर्त भावपूर्ण गीति मुक्तक कविताहरू सिर्जना गर्नुभएको छ । यसरी त्यस मङ्गलमय चितवन साहित्य वन महोत्सवबाट सिङ्गो एउटा गीति कवितासङ्ग्रह पुस्तक उहााबाट नेपाली साहित्यलाई उपलब्ध हुनआएको छ ।
यी दुवै कार्य नेपालभाषा र नेपाली भाषाभाषीका लागि खुसीको कुरा हुने नै भयो । साथै यस्तो कार्य भावी साहित्यप्रेमी स्रष्टा-पाठक दुवैथरीलाई पनि प्रेरक दृष्टान्त ठहरिएको छ । कवि दुर्गालाल श्रेष्ठले नेपाली राष्ट्रिय भावना मजबुत पार्ने शुभ कार्य चितवन लजबाट बर्सेनि एक पटक आयोजना सुसम्पन्न भइरहने विभिन्न विधाका साहित्य स्रष्टाहरूका साहित्य वन महोत्वसको एकएक दिन समग्र नेपालले गौरव गर्न लायकको इतिहास बन्नेछ भन्ने दृढ विश्वास गर्नुभएको रहेछ । यस सम्बन्धमा उहााले नेपाली साहित्यको क्रमिक उन्नति, उत्थान र प्रगति हुादै जाने स्थितिको मनोरम शब्द चित्रण अभिनन्दन उद्गार यसरी अभिव्यक्त गर्नुभएको रोचक र प्रेरक लाग्छ-
एक चित्र हो एक सिाढी
तहतह भैकन उक्लिरहेको
नेपाली साहित्य पिाढी ।
एक पाइला एक खुड्किलो
गर्दै साल-बसाल,
छुन्छ एकदिन यो चितवनले
त्यो साहित्य हिमाल ।
यो उत्तुङ्ग हिमालय सपना
न त हो सत्ता चालकको,
बरु हो अग्लो पानस बाल्ने
यौटो होचो मानिसको ।
त्यस साहित्य वन महोत्सवमा सहभागी हुादै आˆनो हृदय उद्यानमा फुल्दा फूलहरू एकेक टिप्दै एक ढक्की भरि ६८ वटा कविता फूलहरू नेपालकै राष्ट्र उद्यानको अमूल्य काव्य सम्पदा उपहार स्वरूप उपर्युक्त साहित्य वन महोत्सवको आयोजकमार्फत नेपाल र नेपाली बन्धुमा समर्पण गर्नुभएको छ । उहााको यो गीति काव्य पुस्तक सिर्जना र उपहार समर्पण कार्य पनि त कदरयोग्य कृति कृत्य हो । नेपालको कुनै पनि कार्यक्षेत्रका कुनै पनि कार्यकर्ताले आ-आˆनो योग्यता, क्षमता, प्रतिभा, सीप, जाागरले नेपाल र नेपालीको हित चिनाई कर्तव्य वेदीमा आत्मसमर्पित हुादै उद्यम गर्दै गएमा त्यस्ता कामका प्रतिफल नेपालीले गौरव गर्न लायकको हुनेछ । कवि दुर्गालाल श्रेष्ठको यस्तै लक्ष्य र दृष्टिकोण भएको बुझिन्छ । उहााको आˆनो जीवनभरको र नेपालीबन्धुको साझा नियति-स्थिति पनि लक्ष्यित गर्दै मानवीय जीवनको मार्मिक दुःखमय स्थितिको चित्र उतार्नुहुन्छ । त्यस्ता दुःखस्थिति समस्या समाधानमा प्रबुद्ध नागरिकले कर्तव्य निर्वाह गर्नुपर्ने भन्ने यसरी अभिव्यक्त गर्नुहुन्छ-
यो जगको कवि गायक हुा म
हो मेरो कर्तव्य महान्
तीतो तीतो जीवन भोगी
मीठो मीठो गाउनु गान ।
तिक्त गरल पनि घुटुघुटु पिउादै
जो सस्वर ओकल्छ अमृत ।
दुर्गालाल श्रेष्ठका जीवनयात्राको तीतामीठा अनुभूति यी पङ्क्तिमा अभिव्यक्त भएका छन् । यी यथार्थ सत्य हुन् । उक्ति चमत्कार वैचित्र्य आभूषणद्वारा मात्र यी झिलीमिली पारिएका र रुनझुन गुञ्जन ध्वनि मात्रै हुादै होइनन्, यी उद्गार अभिव्यक्ति । उहााले यिनमा आˆनो कवि हृदय र व्यक्तिको सच्चा परिचय दिादै हुनुहुन्छ ।
कलम त्यही हो जसबाट यहा
हार्दिकताको फुट्छ मुहान्
हुन्छ त्यही ब्रहृमाण्ड अडेको
मानवताको शाश्वत गान ।
माग्छु तिमीसाग आज रुादै म
यौटा कविता ओ निर्जन
त्यस्तो कविता, जसबाट फिरोस्
यो धर्तीको हरियोपन ।
प्रस्तुत पुस्तकको शीर्षक “फूल तिम्रै बारीका” मुन्तिर कोष्ठकभित्र “जङ्गल कविता” भनेर उल्लिखित गरेको पनि देख्छु । यसभित्रका कविताहरू जङ्गल कविता हुन् । मङ्गलकारी भाव सिर्जना कविता हुन् ती । यत्रतत्र सर्वत्र सारा परिवेशमा विध्वंस लीला र सन्त्रासले प्राणीहरूलाई सन्सनी पार्ने उत्तेजक प्रदूषक कुविचार कुभाव यस पुस्तकका कुनै रचनाले ओक्लेको सुनिादैन । त्यस्ता कुकृत्यको निन्दा कविले शिष्ट भाषामा व्यङ्ग्यको भाकामा यसरी व्यक्त गर्नुभएको देखिन्छ-
आफू बन्नु परै जाओस् यी
कङ्क्रिट जङ्गलका थलचर
भत्काउन पो खोज्छन् उल्टै
यति सुन्दर ईश्वरको घर Û
त्यसमा पनि झन् राश थुपारी
आˆनै विघ्न विनाश,
ठान्छन् मानिस यो नै आˆनो
उन्नतिको इतिहास
यस्तै यस्तै घोर अनर्थक
विडम्बनाको भोग ।
जीवनभन्दा घातक अर्को ।
छैन कुनै पनि रोग ।
कवि दुर्गालाल श्रेष्ठले चितवन जङ्गलमा पुग्नसाथै आफू आदिम मानव युगीन घर-आागनमा आइपुग्नुभएको आˆनो अनुभूति व्यक्त गर्नुभएको छ । हुन पनि मानिसले विभिन्न कालखण्डमा सङ्घर्ष गर्दै विकासको पाइला चाल्दै, उद्यम-उद्योग गर्दै, ज्ञान-विज्ञानका द्वार खोल्दै आजको अवस्थासम्म आइपुगेको हो । भौतिक सुख-सुविधासम्पन्न सहरिया कङ्क्रिट जङ्गलमा जीवनयापन गर्न सक्ने भएको हो । यी सहरिया सुविधासम्पन्न जीवन व्यतित गर्दागर्दै मानिसहरू यदाकदा सहर बाहिरका केही टाढा एकान्त र रमणीय वन कुञ्जमा मनोरञ्जन गर्न जाने गर्छन् । यो एक किसिमको आदिम युगीन फिरन्ते जङ्गली जीवन संस्कारप्रतिको नैसर्गिक आकर्षण प्रवृत्ति हो । दुर्गालाल श्रेष्ठले चितवन वन वाटिकामा पुग्दा शीर्षकको कवितामा त्यस्तै भाव अनुभूति अभिव्यक्त गर्नुभएको छ ।
विडम्बनै विडम्बनाको यो जमानामा सभ्य भनाउादा मानिसहरूमध्ये कोही आˆनो बुद्धि बर्कत, ज्ञान गुण धर्म दुरूपयोग गरी विनाश र विध्वंसका खौाच-खाडल, भीर-पहरामा जाकिन खोज्दा पनि रहेछन् । त्यस्ता कुकृत्यप्रति कविले खेद प्रकट गर्नु भएको छ । त्यस्ता आतङ्ककारी आक्रमण-प्रत्याक्रमणबाट आक्रान्त पीडित विश्व जनसमुदायप्रति कवि संवेदनशील एवं सहानुभूतिशील देखिनुहुन्छ । उहाा शान्तिको चाहना गर्नुहुन्छ, विराट विश्वशान्तिको कामना गर्दै उहाा यसरी तपस्वी मुद्रामा ध्यान मग्न हुनुहुन्छ र भन्नुहुन्छ-
नगर मलाई खलबल बिन्ती
देउ मनभरि भुल्न
वनको शाश्वत सादापनमा
गन्ध सहरको भुल्न ।
सत्तरीभन्दा केही बढी हिउाद गृष्म र वषर्ाको ताडन पीडन सहिसकेका कवि दुर्गालाल श्रेष्ठले यस्तो गीत गाउादै बैासमा भेटिने उपलब्धि सकार्दै भन्नुहुन्छ-
डााडापारि गोधुलिमा लागेजस्तो घाम
त्यो हेर्दैमा पुग्छु म ता आनन्दको धाम,
वन, जहााबाट मैले देखिरहेछु अैले
यताउता दुवैका ती स्वर्लोक भारी
केही वर्षयता कवि दुर्गालाल श्रेष्ठ आˆनो देश, सहर, गाउा, जीवन, सभ्यता, कला संस्कृति सबैमा आयातित संस्कृति-विकृति पहिरन आवरणले अतिक्रमित हुादै आएकाले आˆनोपनको, सभ्यता, संस्कृति कलाको लोप प्रायः हुन लागेकोमा ज्यादै आक्रोशित हुादै प्रश्नावलियुक्त व्यङ्ग्य वाण प्रहार गर्दै आˆना कविता पाठ गर्नुहुन्छ । प्रस्तुत पुस्तकका “पस्दै उभित्र” र “निराला कवि” शीर्षक कवितामा कवि दुर्गालाल श्रेष्ठ रूप भएको व्यक्ति भई कहिल्यै प्रकट नहुने साक्षात्कार हुन नआउने महान् रहस्यमय व्यक्तिको अन्वेषण गरिरहेका प्रतीत हुन्छ र त्यससित साक्षात्कार हुन आकाङ्क्षित हुनुहुन्छ ।
