पूर्वमा बाग्मती नदी पश्चिम पर्यो वारा
देउडा गीत्को लय हो यो जानी राख्या सारा ।
दक्षिणमा वैर्गनिया अनि सीतामडी जिल्ला
हामी भन्छौ रौतहटलाई लोकतन्त्रको किल्ला । ।
छयानब्बे गाउ विकास छन् एउटा नगर छ
धरमपुर, समनपुर पुरै वगर छ ।
गरुडामा चिनी मिल शिवनगरमा शिव
पौराइमा ब्रहृमस्थान नुनथर महादेव । ।
सङ्ग्राम्पुरमा सङ्ग्राम् भयो अङ्ग्रेजहरूसाग
रागा, भैसी पनि लडे कस्तो नौलो ढङ्ग ।
समनपुर आˆनो पारे अङ्ग्रेजसाग लड्दा
वीरगति भो पर्शुरामको लडाईंमा पर्दा । ।
वैरगनिया ने.का. सभा छ सालमा भयाको
शेख इदि्रसको नेपालमा ठूलो नाम रयाको ।
कुलचन्द्र कोइरालाको यो हो प्यारो भूमि
ठूला मान्छे समाजमा बााच्छन् जुनी जुनी । ।
अमिरी यादव हाम्रा खेलकूदका रत्न
धुस्वाा सायमी बनिगए साहित्यमा रत्न ।
ताहिर अन्सारीलाई न भूलौ है सारा
लोकतन्त्रमा ताहिर बने अल्लाहका प्यारा । ।
“किसान” आन्दोलन भयो “रे” काट् आन्दोलन
“मोछ् उखाड्” आन्दोलन भयो बुझिराख्या जन ।
पशुपालन धेरै हुन्छ हाम्रा रौतहट
जनताले देखाईदिए ज्ञानेन्द्रको हठ । ।
देउडागीतको मीत लाया “सामा” “चखवा” साग
ढेला बोल्ने ठाउ सुन्दा म त परे दंग ।
अस्तित्व साहित्य तिमी युगौसम्म बाच
रौतहटमा मात्र होइन मेचीकाली नाच । ।
लोकतन्त्रको यो भूमिमा लोकतन्त्रकै छाया
सुदूरपश्चिम पुर्याउनेछु हजूरको माया ।
म सुदूर पश्चिमको मान्छे देउडागीत गाया
हजूरको आगनीमा धेरै माया पाया । ।
असारमा बाढी आयो एकसठ्ठी सालमा
सम्पत्तिको स्वाहा भयो कोइ परे कालमा ।
माधवप्रसाद काˆलेको घरवार स्वाहा भयो
कमायाको जग्गा जमिन पुरै बगर भयो । ।
“हदिर्या” र “चाादी खोला” सधैा दुःख दिन्या
यो राज्यमा हाम्रा दुःख को होला सुन्दिन्या ?
समनपुर धरमपुर सधै बाढी आउन्या
नेताले भाषण गन्र्या गरिबले क्या पाउन्या ??
गौर् घटना यो देशमा कैल्यै पनि नआवस्
प्यारो भूमि रौतहटमा सधै शान्ति छावस् ।
त्यागी नेता शेख् साहेवको गाऊा पर्यो यता
विष्णुबहादुर मानन्धर वाम्पन्थीका नेता । ।
रातो माला, रातो टीका अभिनन्दन पायां
मायागरी दोसल्लालाई यो शरीरमा लायो ।
सधैभरि डाˆया नाचोस् हाम्रो हिमालयमा
लोक्तान्त्रिक गणतन्त्र बाचोस् हाम्रो नेपालमा । ।
