एकोहोरो हेरे भने मैले
साँच्चै तिमीलाई लज्जा आउँला,
यसरी नै साथ पाए तिम्रो
माया गर्न नि मज्जा आउँला ।।१।।
सुटुक्कै मेरो कानमा आई
भन्थ्यौ यसरी माया गर,
दुनियाँले दिने खुशी दिन्छु
भो धेरैको भर नपर ।।२।।
पढाई रहँदा मायाको पाठ सधैं
तिम्रै झल्को मनमा आउला,
यसरी नै साथ पाए तिम्रो
माया गर्न नि मज्जा आउँला ।।३।।
माने मैले मान्छेले चाहे जति
मायमा सबै कुरा पाईन्छ,
मायामा क्षणिक सम्बन्ध हैन
बुझ्यौं आत्मीयताको नाता चाहिन्छ ।।४।।
जिवन भर मेरै भर परे,
म नि तिम्रै नजिक आउँला,
यसरी नै साथ पाए तिम्रो
माया गर्न नि मज्जा आउँला ।।५।।
आज आई भोलि छोड्ने
झुटो नाता मनमा सजाउली,
भमरा भई रस खाई
आखिर फूल झैं पाखा लगाउली ।।६।।
विश्वासको दियो राख्नु मनमा
जलाउन आगो लिई आँउला,
यसरी नै साथ पाए तिम्रो
माया गर्न नि मज्जा आउँला ।।७।।
एकोहोरो हेरे भने मैले
साँच्चै तिमीलाई लज्जा आउँला,
यसरी नै साथ पाए तिम्रो
माया गर्न नि मज्जा आउँला ….. दर्पण
