यत्तिकैमा तिमीले मलाई, बिर्सिएर गयौ भने
म त मर्छु सुन सानु, तिमी टाढा भयौ भने ।।
सँगै जिउने सँगै मर्ने, हाम्रा ती रहरहरू
झरे आज आँखाबाट, आँशु–रुपी जहरहरू ।
जहर–रुपी आँशुहरू, पिलाएर गयौ भने
म त मर्छु सुन सानु, तिमी टाढा भयौ भने ।।
सपनाको हाम्रो संसार, भताभुङ्ग भयो आज
एक्लो भएँ आफै आखिर, घुइँचो अनि भिड माझ ।
यत्रो घुइँचो–भीडमा तिमी, बिलाएर गयौ भने
म त मर्छु सुन सानु, तिमी टाढा भयौ भने ।।
यत्तिकैमा तिमीले मलाई, बिर्सिएर गयौ भने
म त मर्छु सुन सानु, तिमी टाढा भयौ भने ।।
पुस्कल पौडेल (–––प्रतिक)