Skip to content

आँसुका थोपाहरु दबाएर


मन मुटु भित्रका पिडा सबैं
आफैंले आफैमा गुम्साए साथी ।

कसैको लागि संघर्ष गरे नि
बन्न नसकिने कैले जाती ।

आँसुका थोपाहरु दबाएर म
बाँची रहेछु गरी माना पाथी ।

भावीले लेखेको प्रश्न चिन्हमा
दिदैछु उत्तर बनी परिक्षार्थी ।

जिन्दगीको यो लामो यात्रामा
कसै प्रति छु म क्षमा पार्थी ।……

Leave a Reply

Your email address will not be published. Required fields are marked *