जति गरौँ यो देश-लाई, सेवा हाम्रै हो
जस्तो गर्यौ त्यस्तै फल्छ मेवा हाम्रै हो
रम्नु पर्छ जम्नु पर्छ आफ्नै आँगनमा
दिए आँगन प्रकृतिले फेवा हाम्रै हो
श्रम गरी खुशी हौला भरी ढुकुटी
लाने छैन पराइले पेवा हाम्रै हो
बैरी छिर्न दिनु हुन्न आफ्नो घरमा
सुक्ष्म हेक्का राख्नै पर्छ चेवा हाम्रै हो
ढल्यो अनि फुट्यो भन्ला देश अरुले
हैन ढल्ने छैन यो त टेवा हाम्रै हो
बुद्धि मोक्तान
