Skip to content

नजर जुध्दा झुक्न परे बाटो फेरे हुन्छ

  • by

नजर जुध्दा झुक्न परे बाटो फेरे हुन्छ
मुटु कोर्ला मैले छाडया मन केरे हुन्छ

मरुभूमी छातीमा सल्के पछी पोल्दो रछ
बिझेछु अंगालोमा नबिझ्ने फुल बेरे हुन्छ

पूरानो बस्त्र नयाँ अस्त्र एकै के हुन्थ्यो र
अदली बादली माली,मन्को घर घेरे हुन्छ

मुढा भएरै ढली रछु,नशाले गली रछु
होशले थिच्छ बेहोशमा लडेको हेरे हुन्छ

रसायनले नि जोडीएन चर्किएको मुटु
बिक्षिप्त भएर बाँच्नु भन्दा बरु सेरे हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *