Skip to content

एक

ब्याङ्क काउन्टरको
न्यून वैतनिक कर्मचारी
सारा नोट थन्क्याइसकेपछि
झल्या“स्स सम्झन्छ
रित्तो गोजी
र, बिरामी छोराको अनुहार,
उसलाई थाहा छ
आज पनि पहिलेझै“
कसैस“ग
सापटी माग्नर्ुपर्छ ।

दइ

दिनभरि टेलिफोन समातेर
आकाशे खेती गर्ने
दलाल भु“डे सेठ
सा“झमा थन्क्याउ“छ सेफमा
हरिया नोट, चेक
र, ब्याङ्कका भुक्तानी पर्ुजाहरू
दिनहरू झन्झन्
शुभ हु“दै गएका छन् ।

तीन

जागिर छाडेर राजनीतिमा
र, राजनीतिमा टेकेर
गैरसरकारी संस्थामा
समाजसेवा गर्ने नेताजी
प्रसन्न छन्
ख्याति र समृद्धिले,
तर, सामान्य मान्छेको जीवनस्तर
निरन्तर खस्क“दो छ
र, त्यसैको निवारणका नाममा
डलरको वषर्ा गर्छ विदेशी दाताले,
यो अर्थतन्त्र
झन्झन् उदार
झन्झन् मानव द्रोही
झन्झन् नाफामुखी
र, झन्झन्
बजारमुखी हु“दै गएको छ ।

नेपाल साप्ताहिक ३०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *