Skip to content

बेल्जियममा कविताको एक साँझ सम्पन्न

  • by

सम्वाददाता

ब्रसेल्स, २५ अगष्ट

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको आयोजनामा बेल्जियमको शैक्षिक तथा प्राज्ञिक सहर ल्यूभेनमा २४ अगष्टका दिन कविताको एक साँझ कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा बेल्जियममा रहेका प्रतिनिधि कविहरुले आआफ्ना प्रतिनिधि कविता वाचन गरेका थिए । बेल्जियममा पहिलो पटक आयोजना गरिएको यस प्रकारको कार्यक्रममा साँझको समयलाई कविहरुले कवितामय बनाई दिएका थिए ।

उक्त कार्यक्रममा कविता वाचन गर्ने कविहरुमा कृष्ण बजगाईं बिमल गिरी रमेश कँडेल कुम शाही थिए । त्यस्तै कार्यक्रममा सांग्रीला समाजका अध्यक्ष तथा कवि दीपेन्द्र के।सी। तथा इन्द्रधनुष क्लवका अध्यक्ष मीन गुरुगले आआफ्नो समसामयिक कविता तथा गीत प्रस्तुत गर्नु भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बेल्जियम च्याप्टरका अध्यक्ष तथा केन्द्रीय महासचिव कृष्ण बजगाईंले सभापतिको आशनबाट बोल्दै आगामि दिनमा पनि यस्ता विविध साहित्यिक कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा बताउनु भयो । उक्त कार्यक्रम कुम शाहीले संचालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *