Skip to content

असारे गीत घन्कौंला झरीमा


बर्षा मासमा उर्लिने भेल छोपौंला झरीमा ।
छुपु छुपु हिलोमा बिऊ रोपौंला झरीमा ।

असारे मासमा लेक र बेसी गदै मैं पनि
हाहा र हुहु गदै गोरु नि धपौला झरीमा ।

कान्ला है काटेर आँचिला बाँधी आली चिल्लाई
कोदाली बोकी खेतको माटो सम्मौंला झरीमा ।

आम्रैले ल्याएको अचार चिउरा खाई पातैमा
रोपार बाउसे मिली हिलो खेलौला झरीमा ।

रोपाईँ सकी भकारी बाधीँ खेतैको माझमा
निकाली भाका असारे गीत घन्कौंला झरीमा ।

…..दर्पण

१६ अक्षरमा अन्त्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *