सुनाखरी फूलहरु तिम्रो रुपमा फुलेजस्तो
नजरमा लठ्ठै पार्ने, नशाहरु घुलेजस्तो।।१।।
पूर्णेको जून लाग्छ, तिम्रै शिरको शिरबन्दी
औंसी तिम्रो जिवनमा, आउन भुलेजस्तो।।२।।
वसन्तको बहार आज, देख्छु तिम्रै रुपभरी
त्यसैले त तिम्रो यौवन, बगैंचामा फूलेजस्तो।।३।।
रक्तिम ति बिहानीका, लाली चढ्दा किरणहरु
लठ्ठिएरै मस्किएरै, तिम्रै रुपमा घुलेजस्तो।।४।।
