Skip to content

दियो बलेको थियो,
हावा आई निभाई दियो,
म झस्याङ्ग विउझिएँ
अनि म तर्सिएँ खै किन
मनै टोलाएरु सोचिरहेँ,
आखिर त्यो भिडमा सुनेको आवाज,
एकोहोरो बचाऊ बचाऊ
अनि दौडिएँ त्यो गन्तव्य
त्यस आवाजको केन्दै बिन्दु तर्फ
दौडिएँ म दौडिएँ,
चारैतिर अन्धकार
देखेँ मात्रै एउटै प्रतिबिम्ब,
पक्कै ति नेपाल आमा हुन्
चित्कार दिनै आमाको
सोचेँ प्राणको आहुति दिन्छु,
दिनै आमाको लागि,
फेरी दौडिएँ ,
हुरी बतासलाई पराजित गर्दै
त्यो आवाजको मध्य विन्दुमा पुग्ने
उदेश्य लिएर म दौडिएँ
हो म दौडिएँ,
उनै आमलाई बचाउन
उनै आमाको इज्जत जोगाउन,
म दौडिएँ
हो म दौडिएँ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *