Skip to content

न हाँसेरै बाँच्न सकिने यहाँ न रोएरै बाँच्न सकिन्छ


न हाँसेरै बाँच्न सकिने यहाँ
न रोएरै बाँच्न सकिन्छ,
न त कसैको मिठो यादमा
जीवन साँचेरै बाँच्न सकिन्छ ।।१।।

आँखाबाट झरे आँसु
जीवन आँसुकै भेल बन्ने,
हाँसी खुसी बाँच्न जाने
जीवन सुःखकै मेल बन्ने ।।२।।

न बुझ्न सकिन्छ जीवन
न कसैलाई बुझाउन सकिन्छ,
न त कसैको मिठो यादमा
जीवन साँचेरै बाँच्न सकिन्छ ।।३।।

जगेमा बसी धित्तार गरी
अनगिन्ती पाप गरेको देख्छु ,
घृणत भई घिन नमानी
अनि धर्ममा सरेको देख्छु ।।४।।

न बुझन सकिने पापीलाई
न धर्म बुझाउन सकिन्छ ,
न त कसैको मिठो यादमा
जीवन साँचेरै बाँच्न सकिन्छ ।।५।।

शितको थोपा कर्कलोमा पर्दा
आखिर त्यो नि भैंमा झर्छ ,
देह त्यहिँ आत्मा पारी
रुवाई सबैलाई बैर्तनी तर्छ ।।६।।

न बुझन् सकिन्छ मोहजाल
न कसैलाई बुनाउन सकिन्छ,
न त कसैको मिठो यादमा
जीवन साँचेरै बाँच्न सकिन्छ ।।७।।

न हाँसेरै बाँच्न सकिने यहाँ
न रोएरै बाँच्न सकिन्छ,
न त कसैको मिठो यादमा
जीवन साँचेरै बाँच्न सकिन्छ ।

दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *