मनको रहर मनभित्र के गुम्स्याएर बस्छ्यौ सानू
कि नफक्रिदै कोपिलामै के ओइलाएर झर्छ्यौ सानू ।।१।।
मेरो मनको माली बन्न कस्तो साह्रो आत्तिएकी
रोप्नै नपाई खै किन आशा रमाएर गर्छ्यौ सानू ।।२।।
धैर्य गर मन त बाँध त्यसै मन उडाएर हिड्नु हुन्न
भेलबाढी तर्नलाई तिमी कत्ति आत्तिएर पस्छ्यौ सानू ।।३।।
गोडमेल गर है राम्रोसँग अवश्यै फूल फूल्ने नै छ
सुगन्ध खोज्दै बाटो किन देखाएर हिड्छ्यौ सानू ।।४।।
