बल्झिएर छातीभित्र घाउ दुख्न थाल्यो फेरि ।
निको हुन्थ्यो तिम्ले छुँदा, आउ दुख्न थाल्यो फेरि ।
तिमी थियौ दुनियाकै भाग्यमानी मर्द थिएँ,
फूर्ती गर्दै लगा’को त्यो ताउ दुख्न थाल्यो फेरि ।
एक्लै पनि हिंड्न सक्छु, यस्तै सोचेँ अघि वढें,
तिमी छैनौ नदी तर्दा नाउ दुख्न थाल्यो फेरि ।
कपट जालझेल अचम्मै भो खेल्न सिकायौ,
तिमीसँगै खेलेको त्यो दाउ दुख्न थाल्यो फेरि ।
कतिसम्म पीडा सहुँ तिमीबाट ए संगिनी ?
यस्तो लाग्छ जिन्दगीकै भाउ दुख्न थाल्यो फेरि ।
