आर्को साल लिन तिम्लाई, डोली लिई आऊँ कि ?
सिन्दुर, चुरा, पोते अनि, चोली लिई आऊँ कि ?
मन पर्छ भन्थ्यौ मलाई, तिम्रो बोली घरिघरि
तिम्लाई मन पर्ने मेरो, बोली लिई आऊँ कि ?
दिन्छु तिम्लाई धेरै माया, भन्थ्यौ मलाई सधै तिमी
कति दिन्छ्यौ माया थाप्न, झोली लिई आऊँ कि ?
