Skip to content

तिमी भन्दा पहिला आमा लैन स्वर्ग तर्न पाउँ


तिमीभन्दा पहिला आमा लैन स्वर्ग तर्न पाऊँ ।
हाँसी हाँसी काखमा तिम्रो अब आमा मर्न पाऊँ ।

लुटु पुटु गदै सँगै तिमी बस्ने चुलो चौकोमा,
बच्चै रही अगाडि तिम्रो सधैं वामे सर्न पाऊँ ।

केही रहर छैन मेरो सबै पुरा भईसके,
आमा मनमा मात्र तिम्रो खुसी सर्दा भर्न पाऊँ ।

कति गर्यौं मेरा लागि अनगिन्ती दुःख आमा,
आमा तिम्रो आरती गरी सधै पाऊ पर्न पाऊँ ।

तिम्रो हरेक सुःख दुःखमा सहयात्री बनी आमा,
मेरो प्राण रहुन्जेल नै तिम्रै सेवा गर्न पाऊँ । …..दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *