अमिलो अचार पिरो पिरो तरकारी मन पर्छ पर्दैन
नुनपानी जागिर छ है सरकारी मन पर्छ पर्दैन।।१।।
बिदा माग्छु सहूलियत भन्छन् होइन है अधिकार
सुटुक्क भागेर गरेको खै बिहेबारी मन पर्छ पर्दैन।।२।।
सम्पति धेरै धेरै भएका नै हेछ्यौ रे कस्ती तिमी
चटक्क मिलेको थोरै छ है घरबारी मन पर्छ पर्दैन।।३।।
एकाग्रता मनपर्छ रे के छुनै हुन्न रे तनमा कत्ति
एकान्तमा कहिले हुन्छ है मनपरी मन पर्छ पर्दैन।।४।।
भव्य सहरमा बिहेपछि त हनीमुन जाने इच्छा छ रे
कमाउन गाह्रो राखिन है जम्मा गरी मन पर्छ पर्दैन।।५।
