Skip to content

चार मुक्तक (एकदिन पराई,प्रित हाम्रो,तिम्रै नजिक,सुन चाँदी)


(१)
तिमीलाई माया गर्ने मान्छे एक दिन पराई हुनेछ ।
हेरी बस्छु बाटो तिम्रै घरमा रुवाई हुनेछ ।
मैले ला’को प्रीत सम्झी मर्ने बेला आऊ है तिमी,
जिन्दगीको अन्तिम क्षण नि तिम्रै कुराई हुनेछ ।

(२)
दर्पण जसरी अमर प्रीत हाम्रो चर्कन् कहिल्यै ।
मायाको सागर मिली तरौंला फर्कन् कहिल्यै ।
जात पात छोडी मैले तिम्रै साथ रोजेको बुझ्यौं,
कसम खान्छु तिमीलाई देख्दा तर्कन कहिल्यै ।

(३)
हजार बिन्ती पाउ परेँ तिम्रै नजिक आउँन ।
सायद भाग्यमा होला नहोला तिम्रो मनमा छाउँन ।
शितल ताप्ने रहर बोकी तिम्रो मायाको छहारीमा,
कोसिस गरेँ घृष्णा गरे नि तिम्रै माया पाउँन ।

(४)
सुन चाँदी जसरी माया तोल्न नसकिने ।
मनको कुरा ओठमा ल्याई खोल्न नसकिने ।
एकोहोरो मायामा पर्दा गारो हुदो रैँ छ ।
भित्र-भित्रै जले नि मुटु बोल्न नसकिने । …..दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *