कालरात्रीपछि
प्रत्येक बिहानीको
सुनौलो किरणमा
तिमीलाई पाउँछु
पाइरहेर तिमीलाई
दिवाकालको कार्य
शुभारम्भ हुन्छ
जब जब तिमी आउँछौं
मेरो भावना, कल्पनामा
समिरसँग
मेनालिसाको मन्द मुस्कान लिएर
तब तब सजी दिन्छौ
मेरो बुद्धि बिवेकको श्रृगारमा
उत्साह, उमंग, उत्प्रेरणामा
मेरो इलम, सीपमा
दिलाएको पहिचानमा
त्यसैले त म
हर बखत तिमीलाई पाउने
जमर्कोमा जुटेकी हुन्छु
प्रकृतीको मनोरम दृष्यसँग
सगरमाथाको उचाइ बनेर
किनकि मेरो आस्थाको धरोहर
मेरो उन्मुक्तिको केन्द्र विन्दु तिमी
तिमीलाई पाउने अभिलाषा बोकी
म सदा लालषा पालेकी हुन्छु
समेटेर हृदयले पाल्न
अनि संगाल्न चाहन्छु तिमीलाई
केवल तिमीलाई ।।
