Skip to content

दुई अक्षर यो कस्तो बन्यो माया गर्नेहरूको
म जिउदै छु मरेको छैन मर्न पनि तिमीले दिएनौ
केही नासो केही गुनासो लिएर बाँचेको छु
तिमीले दिएको यही हो कथा मेरो

आउछ त्यो पक्कै आउछ तर थाती नै बसे मेरा यादहरू
घाम बित्यो जून डुब्यो तर फर्केर आएन मेरा यादहरू
झनै धेरै माया लाग्यो दिलै तोडी गएपछि
चोटै चोटमा हास्न थाले मनै रोगि भएपछि

दुई अक्षर यो कस्तो बन्यो माया गर्नेहरूको
म जिउदै छु मरेको छैन मर्न पनि तिमीले दिएनौ
केही नासो केही गुनासो लिएर बाचेको छु
तिमीले दिएको यही हो कथा मेरो

तिमीले छाडेदेखि मसीबिनाको सादा कागज भएको छु
यस्तै छ हाल मेरो प्राणबिनाको जीवन रहेको छु
लाग्दैन केही जाती भुलेको छु अब सपना देख्न पनि
सक्दिन अब तिमीले हिडेको बाटो भेट्न पनि

दुई अक्षर यो कस्तो बन्यो माया गर्नेहरू को
म जिउदै छु मरेको छैन मर्न पनि तिमीले दिएनौ
केही नासो केही गुनासो लिएर बाचेको छु
तिमीले दिएको यही हो कथा मेरो

म हुनु नहुनुमा फरकनै के नै भयो र दिन छ यो साँझ छ
पुरानो साथ हु, सबै नया सबै राम्रो तिमीलाई पर्खने माझ छ
कोसिस गर्छु सम्झाई बुझाई यो मनको मझेरीलाई
टुकी बाली खोज्ने गर्छु हराएको अधेरीलाई

दुई अक्षर यो कस्तो बन्यो माया गर्नेहरू को
म जिउदै छु मरेको छैन मर्न पनि तिमीले दिएनौ
केही नासो केही गुनासो लिएर बाचेको छु
तिमीले दिएको यही हो कथा मेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *