Skip to content

ढिकी अनि जातो गरेको याद आउछ प्रबासमा
सिस्नो अनि आटो खाएको याद आउछ प्रबासमा

अर्म पर्म गर्दै साथीभाई संग रमाउदै गाऊबेसीमा
काल्नो अनि पाटो खनेको याद आउछ प्रबासमा

हातमा हात राखी उनै मायालु संग सधै जसो
देउरालीको बाटो हिडेको याद आउछ प्रबासमा

जता हेर्यो बालुवा देखिन्छ मरुभूमिमा हाम्रो त्यो
मलिलो सुनफल्ने माटोको याद आउछ प्रबासमा

ढिकी अनि जातो गरेको याद आउछ प्रबासमा
सिस्नो अनि आटो खाएको याद आउछ प्रबासमा
बालकुमार फगामी मगर देबिस्थान म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *