बाटो चिन्न गाह्रो भयो दोबाटोमा फसेपछि
यता जाँउ कि उता भयो दलदलमा फसेपछि ।
सहज थियो यात्राहरू निसंकोच पनि
दुविधाले सताउदैछ दलदलमा फसेपछि ।
लप्न छप्न जानिन दायाँ बायाँपनि हेरिन
बल्ल चालपाए आज दलदलमा फसेपछि ।
हिड्नलाई पूर्ण विराम चाहना थाती राखी
अगाडि बढ्न नसकिँदो रहेछ दलदलमा फसेपछि ।
