Skip to content

तिम्रो मात्र नाता किन संसारको नै तोड्दै छु


तिमीले मलाई छाड्यौ भन्थ्यौ
म नै दुनियाँ छोड्दै छु ।
तिम्रो मात्र नाता किन,
संसारको नै तोड्दै छु ।।१।।

यति चाँडै थाहा थिएन
मैले संसार छोडनु पर्छ,
तिम्रो मेरा प्रीतको नाता
बिचमा मैले तोड्नु पर्छ ।।२।।

निरास हुदै आज आफैं
मन अन्तै मोड्दै छु,
तिम्रो मात्र नाता किन
संसारको नै तोड्दै छु ।।३।।

जान्न भन्दा काल आई
भन्छ चाँडो आईजो तँ,
अरु केही ल्याउन पाउन्नस्
पाप धर्म ल्याईजो तँ ।।४।।

दुई चार दिनु बाँचु भनी
काललाई बिन्ती गदैछु,
तिम्रो मात्र नाता किन
संसारको नै तोड्दै छु ।।५।।

अमर भई मनको माया
सधैं जोख्न् सक्छु र म,
विदा माग्दा आँखाका आँसु
तिम्रो रोक्न सक्छु र म ।।६।।

तिम्रो चित दुखाउनु किन
हात जोडी छोड्दै छु,
तिम्रो मात्र नाता किन
संसारको नै तोड्दै छु ।।७।।

तिमीले मलाई छाड्यौ भन्थ्यौ
म नै दुनियाँ छोड्दै छु ।
तिम्रो मात्र नाता किन,
संसारको नै तोड्दै छु……..दर्पण

1 thought on “तिम्रो मात्र नाता किन संसारको नै तोड्दै छु”

  1. दुई चार दिनु बाँचु भनी
    काललाई

    दुई चार दिनु बाँचु भनी
    काललाई बिन्ती गदैछु,
    तिम्रो मात्र नाता किन
    संसारको नै तोड्दै छु ।।
    good one

    mayama,
    paunu matra jit hoina
    hari pauna choddai 6u
    timrai lagi khusi chodi
    nata sabai todadai 6u
    तिम्रो मात्र नाता किन
    संसारको नै तोड्दै छु ।।

    thanx for superb Gajal
    Dhan

Leave a Reply

Your email address will not be published. Required fields are marked *