जो मेरो हृदयको ढुकढुकीमा लुकेर
जो मेरो आलो घाउ भएर दुखेर
मलाई टड्पाइरहेकी
जो मेरो तिर्खाको प्यास बनेर
जो बसेको छ मेरो एक मात्र आश बनेर
मलाई छटपटाइरहेकी
जो मेरो पीडामा मलम बनी
जो मेरो दुःख बिसाउने कलम बनी
मलाई गुटमुट्याइरहेकी
हे मेरी सपनाकी रानी,
हे मेरी मायाकी खानी, हे मेरी सपना सुन्दरी
तिमीलाई म के भनुँ ?
पुस्कल पौडेल (–––प्रतिक)
