सँगै ज्यूने सँगै मर्ने कसम तिमीले तोडिहाल्यौं ।
गाँठो पारेँ मनमा माया चुडाएर छोडिहाल्यौं ।
भुल्यौं क्यारे देउरालीमा खाको कसम तिम्ले अस्ति
कलेजीमा छुरारोपी टाढा हुने ती माया कस्ती
फरक फरक यात्रा बनाई नयाँ बाटो मोडिहाल्यौं
गाँठो पारेँ मनमा माया चुडाएर छोडिहाल्यौं ।
प्राण मेरो मनको तिमी ढुकढुकी यो चल्ने गर्थ्यो
तिमी एकछिन रिसाउँदा यै मुटु नि जल्ने गर्थ्यो
सुःख सयल रोजी तिमीले नाता अन्तै जोडिहाल्यौं

……… दर्पण