यो समय भन्ने कस्तो कस्तो
रोकिने होइन कुदिरहने
छेकिने होइन ग्रहण लाग्दा
उड्ने होइन बतास चल्दा
पर्खने होइन बात मार्दा
छोपीदैन रात पर्दा
ढिलो भए जागिर जाने
यो समय कस्तो कस्तो
रात पर्दा सुति दिनै पर्ने
बिहान हुँदा उठी दिनै पर्ने
पर्खियो भने बिती हाल्ने
यो समय भन्ने कस्तो कस्तो
ढिलो भए मायालु भाग्ने
छिटो भए पर्खनु पर्ने
यो समय कस्तो कस्तो
भैंसी भए यसलाई किलामा बाद्थें
अड्कने भए डोरीले तान्थें
क्यालेन्डर भए झुन्ड़ाई राख्थें
यो समय भन्ने कस्तो कस्तो
यो समय भन्ने कस्तो कस्तो
साथी भाई संग गफगाफ गर्दा
मेला पात बजार जाँदा
भट्टी जाँदा फुटानी लाउदा
पर्खिने भए समाएर राख्थे
यो समय कस्तो कस्तो
रमाइलो गर्दा बिती दिने
यो समय भन्ने कस्तो कस्तो
कहिलेकाहीँ त रिस उठ्छ
मान्छे भए पड्काइ दिन्थे
सारी भए पट्टयाई दिन्थे
भारि भए बिसाएर राख्थे
यो समय भन्ने कस्तो कस्तो
बिती हाल्ने कुदी हाल्ने
यो समय भन्ने कस्तो कस्तो !!
====================
अमेरिका
