टुक्रिएको मुटु मैले जोड्ने सुर गरेँ
तिमीतिरै मायाँ फेरि मोड्ने सुर गरेँ
अनायासै तिमी किन तर्की गयौँ सानु
तिम्रो लागि सारा खुसी छोड्ने सुर गरेँ
कोपिलामै झरे फुल बास्ना कहाँ खोजुँ
बगैंचामै माली बसी गोड्ने सुर गरेँ
टाढा हुँदा तिमीसँग भएँ कैदी जस्तै
हत्कडी र जेल नेल तोड्ने सुर गरेँ
अझै पनि प्रतिक्षामा कति बस्नु सानु
हामी बिचको पर्खाल फोड्ने सुर गरेँ
